बोर्ड अध्यक्षमा नियुक्त बुबालाई अनमोलको बधाई, ‘सिनेमाको श्रीवृद्धिमा थप योगदान रहनेमा ढुक्क छु’


काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका अभिनेता भुवन केसीलाई छोरा अनमोल केसीले बधाई दिएका छन् ।

अनमोलले सामाजिक सञ्जाल फेसबुकमा बुबा भुवनसँगको बाल्यकालका तस्वीरहरु पोष्ट गर्दै नेपाली चलचित्रको श्रीवृद्धिमा थप योगदान रहनेमा विश्वास ब्यक्त गरेका छन् ।

‘बाटो हिड्ने मान्छेभन्दा पनि बाटो बनाईदिने मान्छे महान हुन्छन् । म तपाईं लगायत तपाईंका समकालीन हस्तीहरुकै पाईलाहरु पछ्याउँदै यहाँ सम्म आई पुगेको छु’ अनमोलले लेखेका छन्, ‘आजबाट तपाईंको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्रीवृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु । यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा, धेरै–धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’ चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केसी अहिले १० बजे बोर्ड प्रवेश गर्दैछन् ।