राजेशको ‘कान्छी’ मा सुरविना र इन्द्र (भिडियो)



काठमाडौं। गायक राजेश राईले नयाँ म्युजिक भिडियो ‘कान्छी’ सार्वजनिक गरेका छन् । सिगिङ सुपर स्टारको प्रतिस्पर्धीसमेत रहेका राईले यस अघि पनि थुप्रै गीत गाईसकेका छन् । कान्छीमा सुन्दर मगरको शब्द संगीत र अभि जंग क्षत्री (Anxmus) को संगीत संयोजन रहेको छ । राजेश पुमा राईको निर्देशनमा तयार पारिएको कान्छीको भिडियोमा सुरविना कार्की र इन्द्र खरेलको अभिनय छ ।

उत्सव दाहालले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । देवीथान म्युजिकको अफिसियल च्यानलबाट ‘कान्छी’ सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.