प्रेमिकाको खुशी कहिले नहराओस् भन्न विक्षिप्त बनेका निराजन (भिडियो)



काठमाडौँ। गायक पुष्पनको स्वरमा समावेश ‘मैले जानीन होला’ बोलको गीत सार्वजनिक गरिएको छ । आफ्नी प्रेमिकालाई माया गर्न आफूले नजानेपनि उसको खुशी कहिले नहराओस् भन्ने प्रेमीको चाहानामा रहेर यो गीत लेखिएको छ । सार्वजनिक गीतमा सञ्जित साना सानाको शब्द तथा संगीत रहेको छ, भने जोनी योन्जन तामाङको एरेन्ज र मास्टरिङ रहेको छ ।

सार्वजनिक गीतमा संजित साना सानाको शब्द तथा संगीत छ । भिडियोमा पूजा शर्मा, निराजन प्रधान र हिउँवाला गौतमको अभिनय छ । ब्लड क्यान्सरले थलिएकी एक यूवतीले आफ्नो प्रेमीको खुशीका लागि कसरी उसलाई वास्तविक घटना लुकाउँछे भन्ने कथामा निर्देशक हरि हुमागाँईले मर्मस्पर्शी कथा बुनेका छन् । उत्तम हुमागाँइको छायांकन रहेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।