सुजाता,शान्ती श्री र सुशीलाको तीज गीत सार्वजनिक



काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीज लक्षित गर्दै तीजका गीतहरु सार्वजनिक हुनेक्रम बढेको छ। अर्जुन पोखरेलको शब्द संगीत र गायिका
सुजाता केसीको स्वरमा’गाएर नाचेर टोलै थर्काउने’गायिका सुजाता केसीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा मोडल उषा उप्रेती,लोशिना लामिछाने,आभा थापा,बिनु शाक्य,रश्मि भट्ट फिचर्ड छन् । सन्तोष राजबहाकले निर्देशन गरेको भिडियोलाई छायांकन राम कुमार केसीले गरेका हुन् भने सम्पादन बिकाश ज्ञवालीले गरेका छन् ।

सुशिला लामा,सुफिक्स मदन,राधा प्रसाईं लामा,कल्पना बोम्जन र सावित्री गौतमको स्वर रहेको तीज गीत ‘बेउडे पोई’ को भिडियो सार्वजनिक गरिएको छ।
अशोक कुमार सापकोटाको शब्द रचना तथा सुफिक्स मदनको संगीत रहेको गीतको भिडियोको निर्देशन साजन पराजुलीले निर्देशन गरेका छन्। मरभुमी नारायणले खिचेको भिडियोको सम्पादन रोशन धितालले गरेका छन्।

शान्ती श्री परियार,कमल सुशान्त केसी,सविता कार्की र पारु खड्काको स्वर रहेको तीज गीत ‘माइतीघरको आँगनी’ सार्वजनिक गरिएको छ। सविता कार्कीको शब्द,प्रतिभा चपाईको थेगो र कमल सुशान्त केसीको संगीत रहेको छ। समिर थोकरले निर्देशन गरेको भिडियोमा आयुष्मा कार्की,अर्जुन गौतम,समिर बिके र दुर्गा केसी फिचर्ड छन्। सुशील डाँगीले खिचेको भिडियोको सम्पादन दिपक बिस्टले गरेका हुन्।