अनिलले ल्याए देउडा गीत ’रेलिमोई’ (भिडियो)



काठमाडौँ। आइ लभ यु, प्रेम पत्र, डुब्न देउ, इन्जिन गाडीमा, प्रेमिका, मैले जानी सके लगायतका दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ’रेलिमोई’ ल्याएका छन्। आफ्नै म्युजिक च्यानल म्युजिक स्टेट मार्फत उनले गीत ल्याएका हुन्। विशेष गरि पप गायनमा अगाडि नै आउने नाम बनेका अनिलले यसपटक देउडा गीत गाएका हुन्।

उनकै संगीत र स्वर रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड पनि छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द रहेको छ । यो देउडा गीत हो । उनी सप्तरङ्ग नामक सांगीतिक टुरमा रहदा उनलाई देउडा गीत गाउनु पर्यो भन्दै प्रस्ताव आएको थियो । त्यहाँ रिदमसँग यशराज मार्फत भेट भएपछि उनले धुनलाई कम्पोज गरेर गीत तयार गरेका हुन् । गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला , निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडियोमा सिजिआइ , भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ भने यसलाई म्युजिक स्टेटले छायांकन , सम्पादन र निर्देशन गरेर तयार गरेको हो ।

झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए । अहिले पनि स्टेज कार्यक्रममा सक्रिय अनिलको कन्सर्टमा गाउने गीत र झुम्ने दर्शकको कमि छैन । किनकी उनको गायन शैली र गीत नै त्यस्तै छ । तात्कालिन अवस्थामा उनले रकस्टारको ट्याग पाएका थिए। किनकी उनको गीतमा रम्नेमा युवापुस्ता धेरै थिएँ ।

आफै गाउने र कम्पोज गर्ने भएकाले पनि अनिलको छुटै फ्यान फ्लोअर्स छन् । यिनै अनिल केहि समयको तयारी पश्चात गीतसंगीतमा फर्किँदैछन् । केही समय संगीतबाट विश्राम झैँ लिएर कन्सर्टमा केन्द्रित भएका अनिलले ‘रेलिमोई’ सँगै आफ्नो सक्रियता बढाएका छन् ।साथै , उनले आफ्नो सफल गीत इञ्जिन गाडीमा २ र आइ लभ यु २ गीत छिटै दर्शक समक्ष ल्याउदै छन् । उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ’द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन् ।

यसपटक उनले आफ्नै हित एल्बम ’द रियल हार्मोनिस्ट’ कै नाम सापटी लिँदै एल्बम नौ तयार गर्न लागेका हुन् । ‘गीतसंगीतसँगै अन्य कामहरू पनि छन् । सबै योजना अनुसार नै अगाडि आउने छन्’ अनिलले भने । उनले गीतसंगीतको बदलिदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी रहेको समेत बताए । उनी यसकै लागि केहि समय कन्सर्टमा मात्र केन्द्रीत भएको समेत बताए ।

उनले आफ्नो हिट गीत इञ्जिन गाडीमा र आइ लभ युलाई कन्सर्टमा मात्र प्रस्तुत गर्ने भएका छन् । कन्सर्टमा गीत सुनिएपछि मात्र भिडियो मार्फत गीत सार्वजनिक गरिने छ । ’इञ्जिन गाडीमा पार्ट २ टुर’ मा उनीसँगै ब्याण्ड समेत रहनेछन् । उनीहरुले उपत्यकाको भिडभाड हुने क्लबहरुमा कन्सर्ट गर्नेछन् । उनको ब्याण्डमा भोकलिस्ट अनिल स्वयम् छन् भने किबोर्डमा सुनिल सिंह , लिड गीतारिस्टमा अनिश मानन्धर , बेस गीतारिस्टमा सन्दीप गुरुङ्ग , ड्रमरमा प्रज्वल निर्वाण रहेका छन् ।

गीत सुन्न आइपुगेका दर्शक तथा श्रोतालाई रियालिटी फिल्म होस् भनेर उनले ब्याण्डसँग कन्सर्ट गर्न लागेका हुन् । उनी युरोप र दुबईमा छिटै कन्सर्ट गर्दैछन् भने क्यानडा र अष्ट्रेलियाको लागि पनि तयारी छ । केहि समय स्टेजमा मात्र सिमित भएका अनिल अब गीतसंगीतसँगै स्टेजमा व्यस्त हुने योजना अनुसार अगाडी बढिरहेका छन् । ‘हामीले एउटा समयमा गरेको कामसँगै अहिले अपडेट भएर , ट्रेन्ड बुझेर आउनु पर्छु अनिलले भने । उनले आफू गीतसंगीतसँगै अन्य विविध कामहरूमा रहेको बताए । उनको छन् ।

यद्दपि ती गीतलाई उनले युट्युबको लागि तयार गरेका थिएनन् । अब उनले युट्युबको लागि कन्टेन निर्माण गर्दैछन् । आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उदेश्यले उनले ’म्युजिक स्टेट’ नामक च्यानल बनाएका छन् । ’म युट्युबको लागि नयाँ छु । किनकी यसको लोकप्रियता बढेपछि म गीतसंगीत लिएर आएको छैन । अब भने सक्रियता बढाउदैछु’ उनले भने ।