सात वर्षीय बालिका आश्राको ‘नेपालको गीत’


काठमाडौँ। हाल अमेरिकाको ओहायो शहरमाबस्दै आएकी सात वर्षीय बालिका आश्रा ढकालको स्वरमा रहेको गीत ‘नेपालको गीत’ को भिडियो सार्वजनिक गरिएको छ । प्रज्ज्वल अधिकारीले रचना गरेको यस गीतमा राज सागरको संगीत रहेको छ भने राजन इशानले संगीत संयोजन गरेका छन्। भ्वाइस अफ नेपाल नामक स्टुडियोमा रेकर्ड भएको यस गीतको मिक्सिङ माष्टरिङ दीप घतानीले गरेका हुन् ।

भिडियो राम कुमार केसीको छायाँकन र निर्देशनमा बनेको हो भने यसको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । बालशुलभ भावका साथै देशप्रेम र प्रकृतिप्रेमले भरिएको यस गीतको भिडियोमा गायिका आश्रा र अर्की बालिका एन्जिला हेङ्गाजुले अभिनय गरेका छन्। भिडियो गायिका आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।