टेक र प्रितीको तीज गीत ‘ओए मेरी रानी’ मा अनु र लोमश (भिडियो)



काठमाडौँ। हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर तीज गीत सार्वजनिक गर्ने क्रममा गायक टेक अधिकारी र गायिका प्रिती आलेको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘ओए मेरी रानी’ बोलको गीतमा शब्द रचना टेक अधिकारी र रेशम प्रधानको रहेको छ भने संगीत रेशम प्रधानको रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा अनु पराजुली र लोमश शर्मा फिचर्ड छन्। सुजन श्रेष्ठले खिचेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका हुन्। भिडियो एक्सन फिल्म्सको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।