दोहोरी गायिका कल्पना दाहालको ‘कोर्टम्यारिज’, को हुन् श्रीमान ?



काठमाडौं । ‘इन्द्रेणी’ कार्यक्रममा रमेश प्रसाईँसँग दोहारी गाएपछि एकाएक चर्चित बनेको लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छिन् । उनले हालै ‘कोर्ट म्यारिज’ गरेकी हुन् । दाहालले अमेरिका निवासी पुण्यप्रसाद आचार्यसँग कानुनी विवाह गरेकी हुन् । झापामा जन्मिएका आचार्य झण्डै डेढ दशकदेखि अमेरिकामा बस्दै आएका छन् । उनको परिवार नै अमेरिकामा छ ।

गायिका दाहाल र आचार्य केही वर्षदेखि प्रेमसम्बन्धमा थिए । प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् । गायिका दाहाललाई विवाह गर्नकै लागि आफू अमेरिका गएपछि पहिलोपटक नेपाल आएको आचार्यले एक अन्तवार्तामा बताएका छन् । उनी सोमबार (आज)नै अमेरिका उडेका छन् ।

सिन्धुपाल्चोक गृहजिल्ला भएकी गायिका दाहाल ‘इन्द्रेणी’ कार्यक्रममा रमेश प्रसाईँसँग दोहारी गाएपछि एकाएक चर्चित बनेकी थिइन् । उनी विशेष त लाइभ दोहोरीमा पारंगत मानिन्छिन् । दाहालका थुप्रै लोकदोहोरी गीतहरू चर्चित छन् । गायिका दाहालले आफू, गीतसंगीत र कलाकारितालाई बुझने श्रीमान पाएकोमा खःुशी व्यक्त गरेकी छिन् ।

उनले अब केही समयपश्चात आफू श्रीमानसँगै अमेरिका बस्ने संकेत गरेकी छिन् । श्रीमान अमेरिका उड्नुअघि दुईजनाले इन्द्रेणीमा दिएको एक अन्तवार्तामा दाहालले भनेकी छिन्, ‘विवाहलाई लिएर बुवाआमा खुशी हुनुहुन्छ । ज्वाई मन पराउनुभएको छ । अलि टाढा जाँदैछे भनेर पिर त लागिहाल्छ । तर, जहाँ भएपनि उहाँहरुलाई खुशी राख्नेछु ।’ गायिका दाहालले उक्त अन्तवार्तामा प्रक्रिया मिलाएर आफू केही समयपछि श्रीमानसँगै अमेरिकामा बस्ने संकेत गरेकी हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.