व्यस्तताको दिनमा एकदमै घमण्ड थियो, त्यही घमण्डले आज रोइरहेको छु : महादेव त्रिपाठी



काठमाडौं । हास्य कलाकार एवं जादुगरका रुपमा ख्याती कमाएका महादेव त्रिपाठीले विगतको घमण्डले अहिले आफूलाई पिरोलिरहेको बताएका छन् । कुनै समय देश विदेशका स्टेज कार्यक्रमहरुमा व्यस्त हुँदा आफूमा एकदमै घमण्ड रहेको त्रिपाठीले स्मरण गरेका छन् ।

‘खाना खाने समय पनि मलाई हुँदैनथ्यो । कतिखेर कहाँ कार्यक्रम, कतिखेर कहाँ म आफैमा भुल्थेँ’ त्रिपाठीले भनेका छन्, ‘त्यतिखेर म मा एकदमै धेरै घमण्ड थियो, एकदमै घमण्ड । म जस्तो डान्सर कोही छैन्, म जस्तो जादुगर कोही छैन् । म जस्तो कमेडियन कोही छैन् । म जस्तो क्यारिकेचर गर्ने कोही छैन् जस्तो फिल हुन्थ्यो मलाई ।’ त्यो घमण्डले अहिले आफूलाई भित्रभित्र रुवाईरहेको त्रिपाठीले बताएका हुन् ।

उनले अहिले चर्चामा रहेका नेपालका चर्चित कलाकारहरुलाई समेत घमण्डलाई टाढै राख्न आग्रह गरेका छन् । टिकटकमा भावुक भिडियो पोष्ट गर्दै त्रिपाठीले यस्तो बताएका हुन् । महादेव कुनै समय देश विदेशका स्टेज कार्यक्रममा व्यस्त हुने कलाकारमा पर्दथे । तर, आजका दिनमा उनको व्यस्तता, चर्चा निकै सुस्ताएको छ । उनले टिकटकमा सार्वजनिक गरेको भिडियो यतिबेला भाइरल भईरहेको छ ।
महादेवले टिकटकमा सार्वजनिक भिडियोमा भनेका छन् –
नमस्ते, मेरा सम्पूर्ण दर्शकवृन्द, मेरा आफन्त र मेरा साथीभाईहरुमा म महादेव त्रिपाठी । आज टिकटकमार्फत म तपाईहरुको माझमा केही दुई–चार कुरा राख्न चाहान्छु । यदी मेरो कुरालाई केही बुझिदिनुभयो भने कमेन्ट, शेयर गरिदिनुहोला । म कुनैबेला मेला–महोत्सव, स्कूल–कलेजका स्टेज कार्यक्रमहरुमा एकदमै ब्यस्त थिए । त्यतिखेर यति व्यस्त थिए की, खाना खाने समय पनि मलाई हुँदैनथ्यो । कतिखेर कहाँ कार्यक्रम, कतिखेर कहाँ म आफैमा भुल्थेँ । त्यतिखेर म मा एकदमै धेरै घमण्ड थियो, एकदमै घमण्ड । म जस्तो डान्सर कोही छैन्, म जस्तो जादुगर कोही छैन् । म जस्तो कमेडियन कोही छैन् । म जस्तो क्यारिकेचर गर्ने कोही छैन् जस्तो फिल हुन्थ्यो मलाई । र, आज आएर धेरै वर्षपछि मनमा लागेको कुरा हजुरहरुमाझ पोख्न मन लाग्यो । त्यो घमण्डले आज मलाई भित्रभित्र रुवाईरहेको छ । रोइरहेको छु म आफैमा पनि । घरमा बस्दाखेरी के सोँच्छु भने, जिन्दगीमा सबैथोक रमाईलो हो । हामी दर्शकलाई रमाईलो दिने कलाकार हौं । तर, आज म भित्रभित्रै रोइरहेको हुन्छु ।

हुन त म कार्यक्रमका लागि २८ वटाजति देशमा गईसकेँ । तर, त्यति धेरै देशमा गएपनि अहिले म भित्रैदेखि खुशी छैन् । अहिले नयाँ नयाँ भाईबैनीहरु, साथीहरु, राम्रोराम्रो जादुगर, राम्रोराम्रो डान्सर, राम्रोराम्रो क्यारिकेचर, कमेडि गर्नेहरु आउनुभएको छ । मलाई फिल त छ, कि मपनि उहाँहरुसँग केही गर्न सकूँ, केही बन्न सकूँ, केही सिक्न सकूँ भन्ने । मलाई एकजना मिल्ने साथीले भन्नुहुन्थ्यो कि, ‘महादेव, जिन्दगीमा अगाडि बढ्नु छ भने घमण्ड नगर्नू । आफ्नो लेभल बनाउनु । आफ्नो लेभल बनाएपछि मात्रै सबैले चिन्नुहुन्छ, मान्नुहुन्छ, गन्नुहुन्छ ।’

आज मलाई उहाँले भनेको त्यो कुरा फिल भएको छ । म सम्पूर्ण मेरा दर्शकवृन्द, मेरा आफ्न्त, मेरा साथीभाईहरुलाई रिक्वेस्ट गर्न चाहान्छु, जिन्दगीमा लैजानु केही पनि छैन रहेछ । आउँदा हातको मुठी बटारेर आएका हुन्छौं, जाँदाखेरी मुठी खोलेर जान्छौं । सोहीकारण नेपालका चर्चित कलाकार गायक–गायिका, नायक–नायिका, दर्शकवृन्त, आफन्त, साथीभाईलाई आग्रह गर्न चाहान्छु घमण्ड भन्ने चिजलाई टाढा राख्नुपर्ने रहेछ । त्यही घमण्डले आज म भित्रभित्र रोइरहेको छु । र, अब नयाँ कामहरु गर्ने कोशिस गरिरहेको छु । सबैसँग घुलमिल हुने कोशिस गरिरहेको छु । अन्तिममा पनि म सबैलाई आग्रह गर्न चाहान्छु कि, घमण्ड भन्ने चिजलाई टाढा राखिदिनुहोला । किनभने घमण्डले मानिसलाई पिरोल्छ । आज एकदिन कमाएपनि घमण्डले पछिसम्म पिरोलिरहन्छ सोही कारण घमण्ड भन्ने चिजलाई टाढा राखिदिनुहोला । जय नेपाली ।