तीज गीत ‘हजुर नै हो’ सार्वजनिक



काठमाडौँ। लामो समयसम्म फिल्ममा अभिनय र मूख्य सहायक निर्देशकको अनुभव बटुलेका तथा केही समयदेखि टिकटकमा सक्रिय भएका फिल्मकर्मी सन्तोष पौडलद्वारा अभिनीत पहिलो म्युजिक भिडियो सार्वजनिकगरिएको छ। टिकटकमा पत्नी पिडित पात्र बटुकजीको पात्रका रुपमा लोकप्रियता कमाएका पौडलले हजुरै हो बोलको गीतमा अभिनय गरेको भिडियो सार्वजनिक भएको हो।

फिल्मी शैलीमा तयार पारिएको सामाजिक कथा बुनिएको गीतको भिडियोमा बटुकजीको पत्नीका रुपमा टिकटिकमा हिट भएकी उनको वास्तविक जीवनको पत्नी अमृता पौडेलका साथमा लक्ष्मी गिरी, खेम बा, सो गीतका गायक तथा त्यसमाथि बनेको भिडियोका निर्देशक डीआर सुजन, गीतकार बोधश्री र बालकलाकार बिदान मैनालीले अभिनय गरेका छन्। लोभलाग्दो नृत्य र भावुक कथाको गीत नजिकिँदै गएको हरितालिका तीजको अबसरमा सार्वजनिक गरिएको हो।

कोरोना महामारीको समयमा लगाइएको लकडाउनमा समय कटाउन र अभिनयको सौख पूरा गर्न टिकटक बनाउन थालेका सन्तोष छोटो समयमै सो सामाजिक सञ्जालमा हिट हुन पुगेका थिए। बटुकजीका रुपमा सामाजिक र घरायसी कथामा मौलिक टिकटक बनाएर लोकप्रियता कमाएका सन्तोषका साथमा उनकी पत्नी अमृता पौडेल पनि टिकटकमा हिट छिन्। अमृता बटुकजीलाई सताउने पत्नीका रुपमा टिकटकमा छाउँदै आएकी छन्। एक दर्जन जति फिल्म र भिडियो फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम गरेका पौडेलले विभिन्न फिल्ममा अभिनयसमेत गरेका छन्। त्यही लामो अनुभवका आधारमा उनले कन्सेप्टदेखि क्यामरा सञ्चालन र सम्पादनमा समेत मेहनत गरेर गुणस्तरीय र मन छुने टिकटक भिडियो निर्माण गरी लोकप्रियता कमाउँदै आएका छन्।

गायक तथा सर्जक डीआर सुजनको प्रस्तुतिमा तयार भएको यो तीज गीतमा बोधश्रीको शब्द रचना, डीआर सुजनकै संगीत र बिनो बाजुरालीको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा बिधुवा नारीप्रति समाजले गर्ने दुब्र्यबहार र मदिरा सेवन गरी परिवार र सन्तानलाई दुब्र्यहार गर्ने पुरुषको कथा प्रस्तुत गरिएको छ। सुन्दा रमाईलो लाग्ने र हेर्दा भावबि¥हल बनाउने भिडियोमा विधुवा महिलासँगको भएको प्रेम र बिबाहलाई समाज र घर परिवारले गर्ने ब्यबहारलाई पस्किएको छ।

डीआर सुजन, अस्मिता अधिकारी र एलिना चौहानको स्वर रहेको गीतको भिडियोको निर्देशन डीआर सुजनले गरेका छन् भने मौसम हिमालीको कोरियोग्राफी रहेको छ भिडियोमा रेशम दर्नालीको छायांकन र पदम सुवेदीको सम्पादन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.