जेनिशाको तीज गीत ‘महँगीले मार्यो बरि लै’ सार्वजनिक



काठमाण्डौं । जेनिशा गौतमको स्वरमा ‘महँगीले मार्यो बरि लै’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । हालै युटुब मार्फत सार्वजनिक भएको गीतमा असोक गुरुङ्गको शब्द सुवास भुसालको संगीत रहेको छ । महिलाहरुको महान पर्व हरितालिका तिजमा महँगीले नेपाली चेलीलाई पारेको प्रभावलाई चित्रण गरेको छ ।

सार्वजनिक गीतलाई गायिका तथा मोडल जेनिशा गौतमले निर्माण गरेकी हुन् । हाल जेनिशा अष्ट्रेलियामा बस्दै आएकी छिन् । उनि बिदेशमा रहेरमा पनि नेपाली गीत संगीतमा टेवा पुर्याउदै आएकी छिन् । पवन सुसलिङ्गको छायाँकन तथा सम्पादन तथा दिपक आचार्यको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा समारिका ,स्मारिका , विनु अधिकारी र रश्मी पाण्डेको अभिनय रहेको छ । साथमा बाल कलाकारहरु काव्या बास्कोटा र कृलाभा बास्कोटाको समेत अभिनय देख्न सकिन्छ ।