समलिङ्गी प्रेम कथा सर्ट फिल्म ‘मिरा’ को ट्रेलर सार्वजनिक



काठमाडौँ। सर्ट फिल्म बनाएर युट्युबमा सार्वजनिक गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । विभिन्न विषयमा बनाइएका यस्ता फिल्मले दर्शकको माया पनि राम्रै पाएको देखिन्छ । दर्शकको मायालाई नै मध्यनजर गर्दै सर्ट फिल्म ‘मिरा’ दी टेल्स अफ लाइफ निर्माण भएको छ । समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको ट्रेलरलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गरेकी हुन्।

कला क्षेत्रमा केही गर्ने अठोटका साथ निर्माण गरेकी पण्डितको यो डेब्यु फिल्म हो। पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि कला क्षेत्रका साथै दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गरेकी हुन् । फिल्मको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली फिल्म क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्रमा आएको निर्देशक पण्डित बताउँछिन् । भोलिका दिनमा पनि अन्य फिल्महरूको निर्माण तथा निर्देशन गरी दर्शकलाई नयाँपन दिँदै यसै क्षेत्रमा सक्रिय भएर अघि बढ्ने उनको भनाई छ।

फिल्ममा उनी कलाकारको रूपमा पनि देखिएकी छन् । उनलाई अभिनयमा कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले साथ दिएका छन् l अनिल कटुवालले दृश्य कैद गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ् गरेका हुन् भने फिल्मको साउन्ड डिजाइन सन्जल भण्डारीको रहेको छ। फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.