सृस्टि र सुदेव फिचर्ड पहिलो अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ। दृस्टी बिहिनहरुलाई मोटीभेसनल प्रोजेक्टको रुपमा पहिलो अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक भब्य कार्यक्रमका बीच उक्त भिडियो सार्वजनिक गरिएको हो। क्यानेडियन गायिका गिथिया बर्मनको शब्द,संगीत तथा स्वर रहेको गीतको भिडियोलाई एनोदर वर्ल्डको रुपमा प्रस्तुत गरिएको छ।

सृस्टि केसी र सुदेव सुरेश फिचर्ड भिडियो रिलिज कार्यक्रममा थुप्रै अतिथिहरुको उपस्थिति रहेको थियो। सृस्टि केसी र गिथिया बर्मनको कन्सेप्ट रहेको भिडियोको निर्देशन गिथिया बर्मनले गरेकी हुन्। आमोश पुठियाटिलको डिओपी रहेको भिडियोको कोरियोग्राफी सदिक ज्याकीले गरेका छन्। अडियोको डिस्क्रिप्सन र लेखनको कार्य सारदाको रहेको छ। सन्नी विश्वनाथ र टिफानि ब्रार प्रोजेक्ट कोर्डिनेटर रहेका छन्।

कार्यक्रममा काठमाडौँ महानगर पालिकाको उप मेयर सुनिता डंगोल,युरोपियन युनियन एम्बासडर नोना,अभिनेता राजेश हमाल,अभिनेत्री मिथिला शर्मा,गायक रामकृष्ण ढकाल,गायिका अन्जु पन्त, अभिनेता प्रशान्त ताम्राकार,अभिनेत्री सुरक्षा पन्त, मिस नेपाल उषा खड्गी,सृस्टिको गुरु लगाएत अन्य थुप्रैको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा मिस्टर एन्ड मिस्टर ब्लाइन्ड रक्सका बिजेता समिना लावतीले स्वागत मन्तब्य र अर्का किरणले गीत गाएका थिए। कार्यक्रममा उपस्थित अतिथिहरुले सृस्टि केसीको कामको प्रशंशा गर्दै शुभकामना दिए। भिडियो गायिका गिथिया बर्मनको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.