आकाश र पूजाको चलचित्र ‘सम्झना बिर्सना’ देशभर प्रदर्शनमा



काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको अभिनय रहेको नेपाली कथानक चलचित्र ‘सम्झना बिर्सना’ देशभर प्रदर्शनमा आएको छ । निमेश प्रधानको लेखन तथा निर्देशन रहेको ‘सम्झना बिर्सना’को निर्माता आदित्य प्रधान र रेविका प्रधान हुन् । प्रेमकथामा निर्माण गरिएको भनिएको चलचित्रमा आकाश र पूजाका अलावा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय छ ।

‘आदित्य फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रलाई शिव ढकालले छायांकन, कमल राईले कोरियोग्राफी एवं तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन् । भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा यो चलचित्र खिचिएको हो । चलचित्रको वितरण आरआर फिल्मस्ले गरेको हो।

चलचित्र ‘सिल्ली फो’ पनि आजबाट प्रदर्शनमा आएको छ । कमेडी जनराको चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। क चलचित्रमा केकीका साथमा रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, रमेश बजगाईँ, धिरेन शाक्य लगायतको अभिनय छ ।