‘दिलमाया २’ पुस २९ मा प्रदर्शन हुने



काठमाडौँ। चलचित्र ‘दिलमाया २’ पुस २९ मा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बुधबार चलचित्रको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् । केही समयअघि छायांकन सकिएको चलचित्र पोष्ट प्रोडक्सनमा रहेको छ ।

राजु गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा किरण नेपाली,संजेल पौडेल, सविन बास्तोला, राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरा देवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली लगायतका कलाकारको अभिनय छ । अर्जुन पोखरेलको संगीत, भीष्मराज फुलाराको गीत, रामजी लामिछानेको कोरियोग्राफी, देव मर्हजनको द्धन्द्व रहेको फिल्ममा खुम बहादुर सुनारको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.