खगेन्द्र लामिछाने निर्देशित चलचित्र ‘पानीफाटो’ को ट्रेलर सार्वजनिक



काठमाडौं। खगेन्द्र लामिछाने निर्देशित डेब्यू चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार लामिछानेको जन्मदिनको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ४५ सेकेन्ड लामो ट्रेलरमा सशस्त्र द्वन्द्वकालमा अपहरणमा परेर बेपत्ता भएको छोराको खोजीमा रहेको एक दम्पत्तिको कथा देखाइएको छ ।

चलचित्रको ट्रेलरमा अभिनेता अनुप बराल र अभिनेत्री मेनुका प्रधानको अभिनयले दर्शकको मन छुन्छ । छोरा खोज्न उनीहरुले खेपेको दुःख, पीडा र हैरानीले भावुक बनाउँछ । संवाद थोरै भएपनि अभिनेत्री मलिका महतको ट्रेलरमा उपस्थिति बलियो देखिएको छ ।

आगामी साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको पनि अभिनय छ । सिनेमाको निर्मातामा रोजिना सिटौला र रविन्द्र बज्राचार्य छन् ।

‘पानीफोटो’मा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन,जुनीम गहतराजको कलर,किशोर आचार्यको साउण्ड र पुष्पा संगमको पाश्र्व संगीत छ । टुकी आट्र्स र मन्जुश्री फिल्म्सले निर्माण गरेको चलचित्रको कथा लेखन खगेन्द्र स्वयंको हो । डेढ दशक अगाडि गुरुकुलमा मञ्चन गरिएको नाटक ‘पानीफोटो’लाई खगेन्द्रले सिनेमाको रुपमा ढालेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.