सम्झनाको ‘मोही खाने मन छ’ (भिडियो)



काठमाडौँ। गायक सुरज कुमार थापा र गायिका सम्झना पाण्डेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। नव तिम्सिनाको शब्द रचना रहेको ‘मोही खाने मन छ’बोलको गीतमा संगीत सुरज कुमार थापाको रहेको छ। लामो समय देखि अमेरिकामा बस्दै आएकी गायीका सम्झना पाण्डेले केहि महिना अघि नेपाल आउँदा रेकर्ड गरेको गीतको भिडियोमा समेत गायिका आफैँ फिचर्ड छिन्। भिडियोमा पाण्डेलाइ सुधिर श्रेष्ठले साथ दिएका छन्।

अमेरिका बसे पनि नेपाल र नेपाली गीत संगीतलाई माया गर्ने पाण्डेले केहि महिना अघिको नेपाल बसाईमा तिन वटा गीत र भिडियो निर्माण गरेकी छन्। रेडियो नेपालको बाल कार्यक्रममा गीत गाउने गरेकी पाण्डेले थुप्रै बिज्ञापनमा आफ्नो स्वर दिई सकेकी छन्। पढाईको सिलसिलामा २०२१ मा अमेरिका पुगेकी पाण्डेले मास्टर्स सम्मको अध्ययन सकेकी छन्। उनि पेशाले नर्स हुन्,उनको पोस्ट फ्यामेली नर्स प्राक्टिस (डाक्टर सरह) रहेको छ।

अनुप चापागाईको निर्देशनमा बनेको भिडियोमा केविका खत्रीको कोरियोग्राफी,बुद्द थापाको छायाँकन;विकास दाहालको सम्पादन रहेको छ। भिडियो गायिकाको आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।