मल्टिस्टारर चलचित्र ‘लाखे’ को टिजर सार्वजनिक



काठमाडौं । आगामी भदौं ३१ गतेबाट प्रदर्शनमा आउने मल्टिस्टारर फिल्म ‘लाखे’को टिजर सार्वजनिक गरिएको छ । शुक्रवार निर्माण ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक एक मिनेट दस सेकेन्ड लामो टिजरमा चलचित्रका सवै मुख्य कलाकार लाई स्थान दिइएको छ। ‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म हो । फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार,रोहित रुम्वा,सन्जोग राना,कालु राना लगायतको अभिनय छ ।

सिजन अर्याल र जिएम ठकुरीको निर्माण रहेको फिलमको कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । औरियन प्रोडक्सन र ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा निर्माता सिजन अर्यालको कथा, आकाश बरालको पटकथा तथा संवाद छ ।

सुसन प्रजापतिको छायाँकन, निर्देशक बस्नेतकै द्धन्द्ध, अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । महंगो बजेटमा निर्माण गरिएको भनिएको फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।