प्रमोदको ‘नभन न’ मा उषा (भिडियो)



काठमाडौँ। गायक प्रमोद पाठकको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘नभन न’ बोलको मेलोडियस गीतमा शब्द संगीत गायक पाठककै रहेको छ। किरण राईको निर्देशनमा बनेको भिडियोमा प्रमोद पाठक,उषा उप्रेती र सन्तोष अधिकारीको अभिनय रहको छ। बाबु श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन किरण राई र सुरेश राईले गरेका छन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।