सारा अभिनित ‘गुञ्जन’ पुस २९ मा प्रदर्शन हुने



काठमाडौं । सारा श्रीपाइली अभिनित चलचित्र ‘गुञ्जन’को प्रदर्शन मिति तय गरिएको छ । कोभिड महामारीअघि नै छायांकन सम्पन्न भइसकेको चलचित्र आगामी पुस २९ गते प्रदर्शनमा आउने भएको हो । निर्माण युनिटले चलचित्र बितरणका लागि काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीसम्म सम्झौता गर्दै रिलिज मिति तय गरेको हो ।

सांगीतिक प्रेमकथामा आधारित चलचित्रलाई अष्ट महर्जनले निर्देशन गरेका हुन् । द्धन्द्ध निर्देशक रहेका महर्जनको यो डेब्यु निर्देशकीय चलचित्र हो ।

चलचित्रमा साराका साथमा कबीर खड्का, प्रितमराज सेन्चुरी, सरोज खनाल लगायतको समेत अभिनय छ । प्रितमराजको यो पहिलो चलचित्र हो । हिराकृष्ण शाही र सुनिता शाही चलचित्रको निर्माता हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.