खेम र शान्तीश्रीको स्वरमा तीज गीत ‘मायाकै झझल्को बारम्बार’ रिलिज



काठमाडौं । युट्युबमा तीजका गीत सार्वजनिक हुन थालिसकेका छन् । गायक खेम सेञ्चुरी र गायिका शान्तीश्री परियारको स्वरमा मंगलबारमात्रै ‘मायाकै झझल्को बारम्बार’बोलको तीज गीत सार्वजनिक गरिएको छ । यो खेमको यसवर्षको पहिलो तीज गीत हो । गीतमा नेत्र अर्यालको शब्द छ । चन्द्र न्यौपानेको संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् । प्रकाश भट्टको निर्देशनमा तयार भिडियोमा खेम मोडल अञ्जली अधिकारीसँग प्रस्तुत छन् ।

नवराज उप्रेतीको छायाँकन रहेको भिडियो विष्णु शर्माको सम्पादन रहेको गीतलाई ‘शुभारम्भ डिजिटल म्युजिक प्रा.ली’ले प्रस्तुत गरेको छ । शुभारम्भ डिजिटलकै युट्युब च्यानलमा गीत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.