‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ फ्लप भएपछि रोकियो अक्षय कुमारको फिल्म ‘गोरखा’



एजेन्सी । कोरोना भाइरसको समय अक्षय कुमार एक्ला यस्ता अभिनेता थिए, जसले दर्शक र बक्स अफिस दुवैमा राज गरेका थिए। अक्षयको फिल्मले ओटीटी र बक्स अफिस दुवैमा धमाल मच्चाएको थियो। तर कोरोना भाइरस महामारीको रफ्तार कम हुँदै गएपछि अक्षयको फिल्मको कमाईको धार पनि कम हुँदै गयो।

अक्षयको दुई ठूला बजेटका फिल्म ‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ बक्स अफिसमा फ्लप साबित भए। अहिले सबैको ध्यान उनको नयाँ फिल्म ‘रक्षाबन्धन’ तिर छ। यसका निर्देशक आनन्द एल रोय हुन्। व्यापार विश्लेषकले यो फिल्म सफल भएमा मात्र अक्षयको करियरले नयाँ गति लिने दाबी गरिरहेका छन्।

‘बच्चन पाण्डे’ र ‘सम्राट पृथ्वीराज’ फ्लप भएपछि उनको नयाँ फिल्म ‘गोरखा’ आगामी वर्षसम्मका लागि रोकिएको छ। यो फिल्मका निर्माताले फिल्म बनाउने कामलाई अहिले सुस्त बनाएका छन्। यस हिसाबले फिल्मको काम यसै वर्षको अन्त्य अथवा आगामी वर्षको मध्यसम्म सुरु हुनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.