मेलिनाको ‘पाएनी तिमिलाई मैले’ सार्वजनिक (भिडियो)



काठमाडौं । जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टिभि च्यानल, न्युयोर्कको निर्माण तथा प्रस्तुतिमा ‘पाएनी तिमिलाई मैले’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । पुष्पा लिम्बुको शब्द एवं संगीत, मेलिना राईको स्वर, मनि ताम्लिङको एरेन्ज, मिक्सिङ र रेकर्डिङ, सुवाष लिम्बुको क्यामेरा, ड्रोन र सम्पादन रहेको ‘पाएनी तिमिलाई मैले’ भिडियो रोहित लामगाधेले निर्देशन गरेका हुन् ।

पुर्वि नेपालको रमणीय स्थान झापाको बिभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा चन्दा दाहाल र पुर्ण लिम्बु फिचरिङ छन् । जेपिजे ईन्टरटेन्मेन्टबाट अहिले नियमित रुपमा अन्तर्राष्ट्रिय रुपमै चर्चा कमाउन सफल कार्यक्रम ‘हेल्लो अमेरिका’ नियमित निर्माण र प्रशारण भैरहेको छ । जेपिजे ईन्टरटेन्मेन्ट अनलाई टि.भि. च्यानल न्युयोर्कका टिम मेम्बरहरुमा परिकल्पना निर्माण र निर्देशन किशोर सुब्बा, सह निर्देशक टोमा लामा, प्रस्तोता शुमन थाम्सुहांङ्, सिनेमाटोग्राफर सम्राट कार्की, ग्राफिक्स प्रविन ढकाल आदि रहेका छन् ।