चलचित्र ‘२ नम्बरी’ मिडल इस्ट र दक्षिण कोरियाको लागी बिक्रि



काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को विदेश प्रदर्शनको अधिकार बिक्रि हुन सुरु भएको छ । खाडी मुलुक र दक्षिण कोरियाको प्रदर्शन राइट्स निप फिल्म्सका रमेश ढकालले खरिद गरेका छन्। निर्माता किरण नेपालीका अनुसार चलचित्रको प्रदर्शन राइट्स महँगो मुल्यमा बिक्रि भएको छ। अब यो बाहेकका अन्य देशहरुमा पनि प्रदर्शन राइट्स बिक्रिका लागि विभिन्न व्यक्तिहरु संग कुरा भई रहेको र छिट्टै सम्झौता हुने नेपालीले बताए।

दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । २ साथीको मित्रताको कथामा बनेको चलचित्रमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा मिठु तामाङ रहेकी छिन् ।

दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र वुद्दि तामाङ चलचित्रका मुख्य कलाकार हुन् । चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । यो चलचित्र कार्तिकको ४ गते तिहारको अवसरमा रिलिज हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.