‘कृष्ण लीला’ को पोस्टरमा रोमान्टिक पुष्प र श्रद्धा



काठमाडौं। दीपक वली निर्देशित चलचित्र ‘कृष्ण लीला’ आगामी भदौ ३ गते कृष्ण अष्टमीको अवसर पारेर प्रदर्शनमा आउँदै छ । निर्माण टिमले शुक्रबार चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेको छ ।

अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्रीलाई केन्द्रमा राखिएको पोस्टरमा उनीहरुको प्रेम छल्किएको छ । एउटा सपना बोकेर हिँडेकी युवती सुस्त मनस्थिति भएको युवकसँग प्रेममा डुबेपछि आउने उतार चढावलाई चलचित्र ले प्रस्तुत गरेको छ । चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

चलचित्रमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतको पनि अभिनय छ । शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, माइकल चन्द र रामजी लामीछानेको कोरियोग्राफी, लक्ष्मण सुवेदीको कथा लेखन, श्री श्रेष्ठको द्वन्द्व रहेको छ ।

रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह निर्मातामा छन् । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ।