चलचित्र ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रदर्शन हुने



काठमाडौँ। सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’भदौ २४ मा सार्वजनिक प्रदर्शनमाआउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसियाप्यासिफिक स्क्रिन अवार्ड जस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनौट भइसकेको फिल्म हो । बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको ‘न्यू करेन्ट सेक्सन’ छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको फिल्मले ढाकामा सुजित बिडारीलाई उत्कृष्ट निर्देशकको अवार्ड विजेताबनाएको थियो ।

लेखक- निर्देशकको रुपमा‘ऐना झ्यालको पुतली’फिचर फिल्मतर्फसुजितको डेब्यूहो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथानिर्देशन गरेका थिएजुन १४ मिनेट अवधिको लघु फिल्मथियो ।

चलचित्रले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ । सवा करोड हाराहारीको बजेटमा बनेको चलचित्रमा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राजथापा, बिशाचामलिङ राई, उमेश श्रेष्ठ, मल्लिकाश्रेष्ठ आदिकलाकारको अभिनय रहेको छ । सिरु बिष्ट बाहेक चलचित्रका अधिकांश कलाकार नयाँ हुन् ।

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको चलचित्रलाई आकाशपौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्तश्रेष्ठ मिलेर निर्माण गरेका हुन् । फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पासंगमको संगीत,कला संग्रौलाको प्रडक्सन डिजाइन,किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।