१२ बर्षपछि इन्दिराले ल्याइन् ‘पछ्यौरी’



काठमाडौँ। १२ बर्ष अगाडि ‘रातो घाँघर’ सार्वजनिक गरेकी गायिका इन्दिरा जोशीले १२ बर्षपछि ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतामाझ ल्याएकी छिन् ।
सार्वजनिक गीतमा इन्दिराकै शब्द तथा संगीत छ । बैबाहिक जीबनमा बाँधिएपछि रातो सारी र सिउँदो सिन्दुर सजाएर गीत रिलिज कार्यक्रममा उपस्थित भएकी गायिकाले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् ।

यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा हरि हुमागाँइको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ । भिडियो गायिकाको आफ्नै च्यानल मार्फत सार्वजनिक गरिएको छ।