१४ मिनेटको आर्ट फिल्म ‘ब्ल्याक रोज’ युट्युबमा [भिडियो]



काठमाडौं । आर्ट फिल्म ‘ब्ल्याक रोज’ युट्युबमा रिलिज गरिएको छ । यो आइफोनमा खिचिएको र आइफोनमै सम्पादन गरिएको सर्ट फिल्म हो ।

मौसम सापकोटाको कथा तथा पटकथा रहेको १४ मिनेटको फिल्मलाई विशाल अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा मौसम सापकोटा र रेमन सुवेदीको अभिनय छ । फिल्ममा कलाकारहरुको मोनो एक्ट रहेको छ । दुई मुटु, दुई प्रेमीको प्रेम कथामा आधारित रहेर यस आर्ट फिल्म बनाईएको हो, जसमा कलाकारहरुलाई रघु (राघव) र गंगा पात्रका रुपमा प्रस्तुत गरिएको छ ।

फिल्ममा फरक खालको प्रेमकथा प्रस्तुत गरिएको छ । त्यो कस्तो प्रेमकथा हो ? त्यसका लागि भने ‘द एट एट फोर एट’नामको युट्युब च्यानलमा फिल्म उपलब्ध छ ।

विशाल अधिकारी, मौसम सापकोटा, रेमन सुवेदी, सुजन शर्माले खिचेको फिल्मलाई मौसम सापकोटाले सम्पादन गरेका हुन् । फिल्ममा संगीत रहेको छ, आयन शर्माको ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.