सुरक्षा र नरेन अभिनित ‘बुलाकी’ कात्तिक १८ मा आउने



काठमाडौं । सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो ।
पोष्टरमा अभिनेत्री सुरक्षा र नरेनसँगै अर्का अभिनेता विराज विष्टलाई प्रस्तुत गरिएको छ ।
पोस्टरमा सुरक्षालाई डोको बोकेकी गाउँले युवतीको लूक्समा देख्न सकिन्छ । यता अभिनेताद्धय खड्का र बिष्ट पनि गाउँले लूक्समा प्रस्तुत छन् ।

‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । राजबहादुर सानेको कथा, राजबहादुरसँगै निर्देशक सुनार, निर्मल पौडेल र विराज बिष्टको पटकथा तथा संवाद रहेको चलचित्रको निर्माता टोपेन्द्र बिष्ट हुन् ।

डोल्पा जिल्लामा छायाँकन गरिएको चलचित्र नेपाली समाजको मौलिक कथामा निर्माण भएको निर्देशक सुनारले बताएका छन् । अभिनेता नरेनले कतिपय कथाहरु पढ्दै जाँदा मनमा गएर बस्ने बताउँदै त्यहीमध्येको एउटा कथा ‘बुलाकी’ रहेको बताएका छन् । शिव ढकालको छायाँकन रहेको ‘बुलाकी’ चलचित्रमा सम्पादनको जिम्मेवारी अर्जुन जि.सी.ले पाएका छन् ।