रोशन गुरुङको नयाँ गीत ‘सही हो नी कान्छी’ (भिडियो)



काठमाडौं । गायक रोशन गुरुङ लामो समय पछि आफ्ना दर्शक, श्रोताहरुका लागि सांगीतिक कोसेली ‘सही हो नी कान्छी’ लिएर आएका छन् । सार्वजनिक गीतमा शब्द कुमार गुरुङ, संगीत ईन्द्र गुरुङ, एरेन्ज चन्द्र गोर्खाली, छायांकन हरी गोले लामा, निर्देशन बाबु जिम्बाको रहेको छ । पुर्वि नेपालको सुन्दर नगरी ईलाम, श्रीअन्तु लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा हेरुका लामा र साया भण्डारीको अभिनय रहेको छ ।

सेवा फिल्मस् प्रालिको पोष्ट पोडक्शन रहेको भिडियो गायकको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको हो । जहाँ रहेपनि नेपाली सांगीतिक क्षेत्रमा केही योगदान गर्नुपर्छ भन्ने सोचका गायक रोशन गुरुङले बिगतमा चारवटा सोलो एल्बम सार्वजनिक गरिसकेका छन् । ‘पैसै ठूलो छ’, ‘भिज्ला है आँशुले पछ्यौरी’, ‘रेशमैको पछ्यौरी’, ‘दोभानमा बाढी आयो’, लगायतका दर्जनौ गीत चर्चित छन्।