चलचित्र संघको महासचिव बने नरेन्द्र महर्जन



काठमाडौं । फिल्म हल सञ्चालकको छाता संस्था नेपाल चलचित्र संघको कार्यसमितिले पूर्णता पाएको छ । वार्षिक साधारणसभा सम्पन्न भएको एक महिनापछि नवनिर्वाचित अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले पदाधिकारीलाई पूर्णता दिएका हुन् ।

प्रथम उपाध्यक्षमा कुवेर शर्मा, द्वितीय उपाध्यक्षमा गोपालकाजी कायस्थ र तृतीय उपाध्यक्षमा भास्कर ढुंगाना मनोनित भएका छन् । महासचिवमा नरेन्द्र महर्जन चुनिएका छन् भने उपमहासचिवमा ओम जैसी, कोषाध्यक्षमा कपिलप्रसाद द्वा मनोनित भएका छन् ।

सदस्यहरुमा मिजास पोखरेल, निरज कार्की, गोविन्दबहादुर शाही, चैतन्य बराल, युवराज प्रसाईं, प्रज्वलशमशेर जबरा, सुरेन्द्रकुमार थापा, राजकुमार श्रेष्ठ र दिप्रश शाक्य मनोनित छन् । कार्यसमितिको पहिलो बैठकले पूर्वाञ्चल समिति सभापतिमा निरज गुप्ता, पश्चिमाञ्चल समितिमा केदारप्रसाद पराजुलीलाई चयन गरेको छ । साथै, सुरेन्द्रकुमार थापाको सभापतित्वमा उपत्यका समिति पनि चुनिएको छ ।

उपत्यका समितिको उपसभापतिमा दुर्गालाल प्रधान, सचिवमा सुरेन्द्र तण्डुकार र सदस्यमा रितेश थकुलवट छन् । प्रदर्शन समितिको सभापतिमा प्रज्वल राणा र वितरण समिति सभापतिमा गोविन्दबहादुर शाही छन् । नकिम उद्दिन, राजकुमार पोखरेल, प्रदीपकुमार उदय र अर्जुन श्रेष्ठ सल्लाहकारमा छन् ।