फिल्म ‘के घर के डेरा’को छायांकन सकियो



काठमाडौं । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ हलमा प्रदर्शन भईरहँदा उनी निर्देशित नयाँ फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ । ३३ दिनमा मंगलबारदेखि फिल्मको छायाँकन सकिएको निर्देशक खनालले जानकारी दिए । मंगलबार काठमाडौंको कला परिषद् परिसरमा अन्तिम दिनको छायांकन गरिएको थियो ।

यस फिल्मको सम्पूर्ण छायाँकन काठमाडौं उपत्यकामै गरिएको छ । यस फिल्ममा अभिनेताद्धय दयाहाङ राई, विपिन कार्की, अभिनेत्रीद्धय वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । काठमाडौंमा घर नहुनेहरुको संघर्षपूर्ण जीवनशैलीलाई फिल्मले प्रस्तुत गर्नेछ । महेश दवाडीको पटकथा रहेको फिल्मको निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन भने कार्यकारी निर्माता युवराज कार्की हुन् । रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको पनि अभिनय रहेको फिल्मलाई दीर्घ गुरुङले छायाँकन गरेका हुन् ।

फिल्म यसैवर्ष रिलिज हुनेछ ।