‘नेपाल नेटवर्क टेलिभिजन’ को परिक्षण प्रशारण शुभारम्भ



काठमाडौँ। डिएआर ग्रुपले संचालन गरेको टेलिभिजन ‘नेपाल नेटवर्क टेलिभिजन'(NNTV) को परिक्षण प्रशारण शुभारम्भ भएको छ। आज सांझको शुभ साइतमा पुजा गर्दै अनामनगर काठमाडौँको आफ्नै भवनबाट प्रशारण आरम्भ गरिएको हो। विजया दशमीबाट टेलिभिजनको पूर्ण प्रशारण सुरु हुने प्रबन्ध निर्देशक श्याम धितालले जानकारी दिए। पूर्ण प्रशारण संगै टेलिभिजनले रियालिटी शो ‘सिङ्गर’ सोल फुल भ्वाइस,एनएनटीभी सर्टस्,माउन्ट एभरेस्ट लगाएत अन्य कार्यक्रमहरुको प्रशारण हुनेछन् ।

‘नेपाल नेटवर्क टेलिभिजन’ ले समाचारका साथै अन्य बिबिध मनोरन्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दै जानेछ। ‘नेपाल नेटवर्क टेलिभिजन’ को प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा दिनेश डिसी केहि समय पहिल्यै नियुक्त भइ सकेका छन्। टेलिभिजनहरुको भिडमा आफ्नो बेग्लै र मौलिक पहिचान बनाउने र नेपाली पनका कार्यक्रमहरुको उत्पादन र प्रशारण गर्ने सिइओ डिसीले जानकारी दिए ।