‘प्रकाश’ अभिनेत्री रेनु योगीको लुक्स सार्वजनिक


काठमाडौं। आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रकाश’बाट मुख्य अभिनेत्री रेनु योगीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिकक पोस्टरमा डेव्यु अभिनेत्री योगीलाई अभिनेता प्रदीप खड्कासँग हातमा किताव बोकेर स्कुल जाँदै गरेको देख्न सकिन्छ । यस्तै अभिनेता खड्काले हातमा लठ्ठी गोजीमा किताब हालेर हिँडिरहेका छन् ।

जुम्लाको परिवेशमा खिचिएको सिनेमा प्रकाशले व्यवस्था परिवर्तन भए पनि अझै बिभिन्न तह र सेक्टरमा अवस्था परिवर्तन भएको छैन । मुख्य पात्रका माध्यमबाट अझै पनि विचार परिवर्तन हुन नसकेको अवस्था देखाउन खोजिएको सिनेमाको सार्वजनिक प्रचार सामाग्री मार्फत बुझ्न सकिन्छ । सिनेमाले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको निर्देशक दिनेश राउत बताउँछन् ।

प्रकाशबाट नेपाली सिनेमामा डेव्यु गरेकी रेनुले यसअघि थुप्रै नाटकमा समेत अभिनय गरेकी छन् । नाटकबाट आफुले सिकेको ज्ञानलाई आफुले यो सिनेमामा प्रयोग गरेको बताउँछिन् । दिनेश राउतको निर्देशन रहेको सिनेमामा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको सिनेमामा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।