‘लू’ फिल्मको निर्देशन गर्ने जिम्मेवारी पाउँदा डबल खुशी लागेको छ : प्रदीप भट्टराई



काठमाडौं । नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि निर्माण हुन लागेको फिल्मलाई निर्देशन गर्न पाउँदा डबल खुशी लागेको निर्देशक प्रदीप भट्टराईले बताएका छन् । निर्देशकमा अनुबन्धित भएसँगै उनले आफूलाई डर पनि र उत्साह पनि रहेको बताएका छन् ।

‘ नयनराज पाण्डे दाइको अत्यन्तै मन पराइएको उपन्यास ‘लू’माथि फिल्म बन्दा मात्रै पनि म खुसी हुने थिए । अझ ‘लू’ को निर्देशन गर्ने जिम्मेवारी मैले पाउँदा झन डबल खुसी भएको छु’ भट्टराईले फेसबुकमा लेखेका छन् ‘डर पनि छ,उत्साह पनि छ । अनि राम्रो टीमअप गरेर ‘लू’लाई राम्रो फिल्म बनाउने विश्वास पनि छ ।’

‘लू’लाई कारो फिल्मस्ले निर्माण गर्न लागेको हो । निर्माण कम्पनी कारो फिल्मस्की प्रबन्ध निर्देशक निशा खरेल र निर्देशक भट्टराईबीच लिखित सम्झौता भएको छ । निर्देशक फाइनल भएपनि कलाकारहरु भने तय भईसकेको छैन् । चाँडै नै कलाकारहरु समेत तय गरिने निर्माण कम्पनी कारो फिल्मस्ले जनाएको छ । निर्माण कम्पनीले उपन्यासजस्तै फिल्मलाई पनि रोचन बनाउन कुनै कसर बाँकी नराख्ने बताएको छ ।

‘जात्रा’, ‘जात्रैजात्रा’ र ‘शत्रुगते’ गरी तीन फिल्म निर्देशन गरेका भट्टराईका तीनवटै फिल्म व्यवसायिक रुपमा सफल छन् ।