लिम्बु भाषा र संस्कृतिमा आधारित चलचित्र ‘रीत’ को छायांकन सकियो



काठमाडौं। फाल्गुनन्द लिङदेन फिल्मसले निर्माण गरेको लिम्बु भाषा र संस्कृतिमा आधारित चलचित्र ‘रीत’ को छायांकन पूरा भएको छ। दिनेश लिङ्देनको पटकथा, संवाद र निर्देशन रहेको चलचित्रले शनिबार राजधानीमा इन्डक्ल्याप गर्दै फिल्मको छायांकन पुरा भएको जानकारी दिएको हो।

निर्देशक लिङ्देनले चलचित्रमा लिम्बु जातिको विवाहमा हुने संस्कारलाई देखाइएको बताए। फिल्म ताप्लेजुङको सिनाम, पाँचथर, इलाम र उपत्यकामा समेत छायांकन गरिएको छ। इन्डक्ल्यापमा कलाकार तथा निर्देशक अशोक शर्माले राज्यले नेपाली कला र संस्कृतिको कथामा निर्माण हुने फिल्मलाई प्रोत्साहन गर्नुपर्ने बताए।

चलचित्रमा लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ इङनाम, सागर केरुङ, याशेली योङ्हाङ, तेज मेन्याङबो, सोनु लिम्बु, पुर्ण सेलिङ, दिनेश माङमु, रत्ना लिङ्देन, राजु घिमिरे, भीम थेबे, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङ, प्रभु कुरुम्वाङको अभिनय छ। होमकुमार लावती, आशा नेम्वाङ र विष्णुकुमार इङ्नाम निर्माता रहेको चलचित्रमा वसन्त थेवे सहनिर्माता र मिक हाङ लिङ्देन प्रस्तुतकर्ता छन्।

चलचित्रमा मान तबेबुङ र अशोक राईको संगीत, श्रेयसी चेम्जोङ, सुसन साम्सोहाङ र मान तबेबुङको गायन, दिनेश माङमुको कोरियोग्राफी र सुमन तामाङको छायांकन छ। सागर केरुङको कथा र भाषा अनुवाद रहेको फिल्म भदौमा देशदेखि विदेशमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.