‘खान्छ यो मन कुटुक्कै’भन्दै कुमार र लीला (भिडियो)



काठमाडौँ। गायक कुमार न्यौपाने र गायिका सन्जु न्यौपानेको स्वरमा रहेको ‘खान्छ यो मन कुटुक्कै’ बोलको रमाइलो गीत भिडियो सार्वजनिक गरिएको छ।
दिपक पौडेलको शब्द तथा किरण पहाडीको संगीत रहेको गीतको शब्द रमाइलो शैलीमा तयार पारिएको छ। सार्वजनिक गीतमा संजय हमालको संगीत संयोजन रहेको छ।

देभान्शी इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोको निर्माता निर्जला अग्रवाल रहेका छन्। कुमार न्यौपाने र लीला केसी फिचर्ड भिडियोको निर्देशन रामजी लामिछानेले गरेका हुन्। भिडियोमा जेरी भण्डारी र बिशाल स्यान्ग्जालीको पनि अभिनय रहेको छ। मान कृष्ण महर्जनले खिचेको भिडियोको सम्पादन बन्दे प्रसादले सम्पादन गरेका छन्। भिडियो देभान्शी इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।