नाजिर र आश्मा को’भटक भटक’ ट्रेण्डिङ्गमा (भिडियो)



काठमाडौँ। मोहितवंश आचार्य र मेलिना राईको आवाजमा रहेको नयाँ गीत ‘भटक भटक’ सार्वजनिक गरिएको छ। सरोज ओलीको शब्द र दिपक शर्माको संगीत गीतमा रहेको छ। ‘भटक भटक’ मा नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन् ।

डान्सिंङ फ्लेवरको गीतमा नाजिर र आश्माले आकर्षक प्रस्तुती दिएका छन्। विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन्। भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर रहेको छ। भिडियोले यतिबेला यु ट्युब ट्रेण्डिङ्गमा प्रवेश गरि सकेको छ। भिडियो ओएसआर डिजिटलको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।