सौगात र सृष्टिको ‘माईकल अधिकारी’को फर्ष्टलुक्स पोस्टर सार्वजनिक



काठमाडौँ। अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्र ‘माईकल अधिकारी’को फर्ष्टलुक्स पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक २ पोस्टर मध्ये एकमा सौगातले बोकेको खर्पनमा एकातिर सृष्टि र बच्चा देखिएका छन् भने अर्को तर्फ पैसाको थुप्रो देखाईएको छ । यस्तै अर्को पेष्टरमा सौगात र सृष्टि पैसाको बिछ्याउनामा प्रेमिल भावमा देखिन्छन् ।

चलचित्रको पोस्टरसँगै प्रदर्शन मिति भाद्र ३ गतेलाई फाइनल गरिएको छ । गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको चलचित्रलाई रन्जित रौनियारले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात र सृष्टिको जोडीको आर्थिक अवस्था निक्कै कमजोर छ । उनीहरु पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने काम गर्न बाध्य छन् । चलचित्रमा आत्मियता, भावनात्मक सम्बन्धसँगैं हास्यरस मिसिएको निर्माण टिमले जनाएको छ ।

उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा सौगात र सृष्टिका अलवा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ । अभिनेता मल्लले अन्य सिनेमाभन्दा माइकल अधिकारीमा फरक देख्न मिल्ने निर्माण टिमले उल्लेख गरेको छ ।