हलमा सौगात र सलोनको ‘घनचक्कर’



काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ ।

यो काठमाडौंमा डेरा लिएर बस्ने युवाहरुको कथा हो । पैसाको चक्करमा हिँडने उनीहरुको स्वभाव, पैसाका लागि उनीहरुले गर्ने क्रियाकलाप, उनीहरुलाई पारिने घनचक्कर चलचित्रको कथा हो । यद्यपी, जितेन्द्र राजोपाध्याय निर्देशित यो चलचित्रको कथालाई भने कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा सौगात र सलोनका अलावा शिशिर भण्डारी, आशान्त शर्मा, कृष्णभक्त महर्जन, जेबी डीसी, ममता प्रधान, कश्मिरा लामा लगायतका कलाकारहरुको अभिनय छ ।

करुणा अर्याल र संगम भट्ट निर्माता रहेको चलचित्रमा अर्जुन सिँहको कथा, कागी लिम्बुको पटकथा तथा संवाद रहेको छ । सुसन प्रजापतिले छायाँकन गरेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको बिहीबार राजधानीमा प्रिमियर शो आयोजना गरिएको थियो । जहाँ अभिनेता सौगात मल्ल, सलोन बस्नेतसँगै चलचित्रको निर्देशक, निर्माता, अन्य कलाकारहरु एवं सञ्चारकर्मीहरुले चलचित्र हेरेका छन् ।