फस्टलुक पोष्टरमा यस्तो देखियो फिल्म ‘लाखे’



काठमाडौं । आगामी भदौं ३१ गतेबाट प्रदर्शनमा आउने मल्टिस्टारर फिल्म ‘लाखे’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले फस्टलुकस्वरुप फिल्मको थिम पोष्टर सार्वजनिक गरेको हो । ‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म हो । फिल्ममा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार,रोहित रुम्वा,सन्जोग राना,कालु राना लगायतको अभिनय छ ।

सिजन अर्याल र जिएम ठकुरीको निर्माण रहेको फिलमको कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । औरियन प्रोडक्सन र ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा निर्माता सिजन अर्यालको कथा, आकाश बरालको पटकथा तथा संवाद छ ।

सुसन प्रजापतिको छायाँकन, निर्देशक बस्नेतकै द्धन्द्ध, अर्जुन जिसीको सम्पादन रहेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । महंगो बजेटमा निर्माण गरिएको भनिएको फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.