गजब शीला, सुष्मा कार्की र महिमा सिलवाललाई चुनौती


priya-rijal
(सेलिब्रेटी नेपाल)११ असार-अभिनेत्री प्रिया रिजालले उमेर उकालो लाग्दै गए पनि जाँगरमा कमी नआएको देखाइदिएकी छिन्। एनबी महर्जनले निर्देशन गरेको चलचित्र ‘सकस’मा रिजालले आइटम नम्बरमा ठुम्का लगाएकी छिन्। छोटो पहिरन लगाएर उत्तेजक भंगीमा नाचेर उनले सोही चलचित्रका दुई हट हिरोइन सुष्मा कार्की र महिमा सिलवाललाई चुनौती दिएकी छिन्।

‘सबले भन्छन् भगवानको लीला गजब छ,म त भन्छु सबैभन्दा यो शीला गजब छ’ भन्दै उनले कम्मर मर्काएकी छिन्। उनलाई अभिनेता बिजेन सिंहले सँगै नाँचेर साथ दिएको सिक्वेन्स चलचित्रमा समेटिएको छ। अब नेपाली चलचित्रमा आइटम नम्बरमा नाच्नको लागि उमेरले छेक्दैन भन्ने पनि भन्न थालियको छ। केहि महिना अघि मात्र रागिनी खड्गीले पनि चलचित्र नथिंग इम्पोसिबलमा आइटम नम्बरमा नाचेर सबै लाई अचम्ममा पारेकी थिइन्।