सुमन र रचनाको ‘मात्तिएको मस्त मौसम’ मा जोर्डन र स्मारिका(भिडियो)



काठमाडौँ। भूमिका राईको प्रस्तुतिमा ‘मात्तिएको मस्त मौसम’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा एसपी कोइरालाको शब्द , दिप घतानीको संगीत रहेको छ भने यसलाई सुमन केसी र रचना रिमालले गाएका छन् । रोमान्टिक प्रेमभाव बोल्ने गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियोमा जोर्डन राजभण्डारी र स्मारिका ढकाल फिचर्ड छन् ।

गीतको शब्दलाई यी दुइको प्रेमभावमा व्यक्त गर्दै भिडियो तयार गरेको निर्देशक खड्काले बताए । ‘एउटा प्रेमिल जोडीको भवन र प्रेमलाई गीत अनुसार नै भिडियोमा व्यक्त गरिएको छ’ निर्देशक खड्काले भने । उनले त्यहि अनुसारको रोमान्टिक भाव दिने लोकेशन समेत प्रयोग गरेका छन् । गीतमा जोर्डन र स्मारिका बीचमा रहेको प्रेमलाई व्यक्त गरेको पाइन्छ ।

सार्वजनिक गीतलाई मिक्सिङ्ग र मास्टरीङ दीपले नै गरेका हुन् भने एरेञ्जर महाराज थापा हुन् । गीतको भिडियोमा काव्या थापाको मेकअप , कुशुम द बुटिकको ड्रेस , बुद्ध थापाको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.