‘२ नम्बरी’ को फस्टलुकमा दयाहाङ र सौगातको फरक लुक्स



काठमाडौँ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्र ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् ।

चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र वुद्दि तामाङलाई देख्न सकिन्छ ।

चलचित्रमा दया र सौगातको गेटअप केही फरक छ । २ साथीको मित्रताको कथामा बनेको चलचित्रमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्र को सह–निर्मातामा मिठु तामाङ रहेकी छिन् ।

चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । यो चलचित्र कार्तिकको ४ गते तिहारको अवसरमा रिलिज हुँदैछ ।