रामजीको निर्देशनमा वेब सिरिज ‘सन्ध्या’ बन्ने



काठमाडौँ। रामजी राउतको निर्देशनमा नयाँ वेब सिरिज बन्ने भएको आइतबार भद्रकाली मन्दिरमा शुभमुहर्त गर्दै वेव सिरिज ‘सन्ध्या’ निर्माण घोषणा गरिएको छ । सिरिजको सोमबारबाट मकवानपुरको चित्लाङबाट छायाँकन थालिनेछ । आइतबार सम्पन्न मुहर्तमा निर्देशक शोभित बस्नेत कलाकार निर शाह, हिउँवाला गौतमको उपस्थिति रहेको थियो ।

सिरिजको निर, शोभित र हिउँवालाका अलवा दयाराम दाहाल, गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भिमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बाल कलाकार एलेक्स खड्को अभिनय रहनेछ ।
वेब सिरिज सन्ध्यालाई सुदिप कँडेल र कृष्ण कार्कीले मिलेर निर्माण गर्दैछन् । जया ओझाको लेखन र राहुल राईले छायांकन गर्ने सिरिजमा लोकश थापाको मेकअप, प्रकाश थापा प्रोडक्सन डिजाइनर, जयराम चालिसे मुख्य सहायक निर्देशक र नविन निरौलाको सम्पादन रहनेछ ।