‘सम्झना बिर्सना’को गीत : ‘हाँस्ने खेल्ने बेलैमा’मा रोमान्टिक आकाश–पूजा



काठमाडौं । चलचित्र ‘सम्झना बिर्सना’को ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीत सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच यहि असार ३१ गतेबाट प्रर्दशनमा आउने चलचित्रको डान्सिङ विटको गीत सार्वजनिक गरिएको हो ।

भिडियोमा चलचित्रका मुख्य कलाकारहरु अभिनेता आकाश श्रेष्ठ र पूजा शर्मालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । पूजालाई भिडियोमा बोल्ड अवतारमा देख्न सकिन्छ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द एवं संगीत रहेको छ भने अन्जु पन्त र किरण गजमेरले स्वर दिएका छन् । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । अद्धितीय प्रधान र रेविका प्रधान निर्माता रहेको चलचित्रलाई निमेष प्रधानले लेखन एवं निर्देशन गरेका हुन् । उनीहरु चलचित्रलाई उत्कृष्ट बनाउन निकै लागिपरेका छन् । त्यसैले पनि प्रदर्शनको संघारमा छायांकन गरी निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो ।

गीतले प्रेमकथामा निर्माण गरिएको चलचित्रको कथा बोक्ने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रमा आकाश र पूजाको अलावा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा लगायतको अभिनय छ ।