चलचित्र विकास बोर्ड अध्यक्षका लागि आवेदन माग [सूचनासहित]



काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको छ । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको विकास बोर्डको अध्यक्ष पदका लागि आवदेन माग गरिएको हो ।

अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिक गर्नुपर्ने भएकाले दरखास्त पेश गर्न सूचना प्रकाशित गरिएको उल्लेख छ । दरखास्त पेश गर्ने ३० बर्ष पुरा भई ६४ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ ।

यस्तै, कुनै बिषयमा स्नातक तह उत्तिर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा दश वर्ष कार्य गरेको वा सो सरह उत्तिर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रुपमा कम्तीमा बीस बर्ष कार्य गरेको हुनुपर्नेछ । आजका मितिले १५ दिन भित्रमा दरखास्त पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ ।

विकास बोर्डको अध्यक्ष पदका लागि एक दर्जनभन्दा बढीले आकांक्षा देखाएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.