अनुपको निर्देशनमा पवनको ‘माया बस्यो’ (भिडियो)



काठमाडौँ । गायक पवन गिरीको नयाँ गीत ‘माया बस्यो’ को भिडियो सहित सार्वजनिक गरिएको छ । गायक पवनकै शब्द रचना र संगीत रहेको गीतमा निश्चलले मिक्सिङ/ मास्टरिङ गरेका छन् ।

राज पोख्रेलले खिचेको भिडियोमा विष्णु खरेल शाक्षी लम्साल, सरोज के.सी फिचर्ड छन् । अनुप चापागाईँले भिडियोको निर्देशन गरेका हुन् । विकास दाहालको सम्पादन तथा कलरीङ भिडियोमा देख्न सकिन्छ। गायक पवन गिरीको आफ्नै युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ। भिडियोमा माया प्रेमको कथा देखाउन खोजिएको छ।