शिव परियारको ‘समुन्द्र सवै शराब भए’ मा आर्यन र श्री (भिडियो)



काठमाडौँ। गायक शिव परियारको स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै शराब भए’ सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोरेका हुन् । गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ । गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र श्री थपलियाको अभिनय देख्न सकिन्छ ।

तामझामका साथ बनाइएको भिडियोमा एक सराबी प्रेमीले आफ्नो प्रेमिकालाई फकाउने प्रेमीकथा बुनिएको छ । थुप्रै कोरस प्रयोग गरेर आकर्षक नृत्यसहित बनाइएको भिडियोमा सुदीप बरालको छायांकन, भरत रेग्मीको सम्पादन छ । भिडियोको कोरियोग्राफी तथा निर्देशक कबिराज गहतराजले गरेका हुन् ।