‘घनचक्कर’ को भोजपुरी भाषाको प्रमोशनल गीत सार्वजनिक



काठमाडौं। आगामी असार १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘घनचक्कर’ को भोजपुरी भाषाको प्रमोशनल गीत सार्वजनिक गरिएको छ । बिजन श्रेष्ठको संगीत रहेको गीतको शब्द रचना जेवी डिसी र बन्दना मैनालीले गरेका हुन् । सार्वजनिक गीतमा गीतकार मैनाली र पवन पौडेलको स्वर छ ।

पैसा कमाउने चक्करमा लागेका युवाको कथामा आधारित चलचित्रमा हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ताको रुपमा रहेका छन् । कमेडी जनराको चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएकोचलचित्रलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।

चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, जेवी डिसी, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय रहेको छ ।

सुसन प्रजापति खिचेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्रलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.